पात्रो

रेडियो

समाचार खोजी

समान सेवासुविधा माग गर्दै अप्पर तामाकोशीका स्थानिय कर्मचारीहरु अन्दोलित

साझा अर्थ संवाददाता ४ असोज २०८१, शुक्रवार

दोलखाः अप्पर तामाकोशी हाइड्रोपावरमा कार्यरत स्थानिय कर्मचारीहरु अन्दोलित भएका छन् । दोलखा बाहेकका जिल्लाका कर्मचारीहरु तथा दोलखाका स्थानीय कर्मचारी विच सेवा सुविधामा विभेद गरिएको भन्दै  उनीहरु आन्दोलित भएका हुन् । 
कम्पनी ब्यवस्थापनले विगत दुई वर्षदेखि सेवा सुविधामा विभेद गरेको भन्दै अन्य जिल्लाका कर्मचारी सरह सेवा सुविधाको माग गर्दै आजबाट धर्ना सुरु गरेको दोलखा जिल्ला करार कर्मचारी संघ  अप्पर तामाकोशी हाइड्रोपावर ले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ । असोज ३ गते विहिवार प्रेस विज्ञप्ति जारी गर्दै कारारमा कार्यरत स्थानीय कर्मचारीहरुले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् । दोलखा जिल्ला करार कर्मचरी संघर्ष समितिका संयोजक रामबहादुर खड्का द्वारा जारी विज्ञप्तिमा  असोज  ४ र ५ गते शान्तिपूणर् धर्ना दिइने तथा ६ गते देखि माग पुरा नभएसम्मका लागि हाइड्रो पावरका गाडि सञ्चालनमा रोक लगाउने उल्लेख छ । 
करार कर्मचारीको माग तथा आन्दोलनका सम्बन्धमा अपर तामाकोशी हाइड्रोपावरका सिईओ मोहन गौतम सँग प्रश्न गर्दा स्थानीय करार कर्मचारी माथी सेवा सुविधामा विभेद भएको आफूले पनि महसुस गरेको तर हाइड्रो पावर संचालक समितिले अर्को निणर्य नगरेसम्म तत्काल माग सम्बोधन गर्न आफुले मात्र नसक्ने बताउनु भयो । संचालक समितिको आगामी बैठकमा यो विषय आफूले लैजाने भएकोले आन्दोलन स्थगित गर्न आफूले कर्मचारीहरुलाई आग्रह गरेको उहाँको भनाई रहेको छ ।

296 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ