पात्रो

रेडियो

समाचार खोजी

एक नेपालीको भागमा ८६ हजार सात सय रुपैयाँ ऋण

साझा अर्थ संवाददाता ३ असोज २०८१, बिहिवार

 

मुलुकको सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब नाघेको छ ।  भदौ मसान्तसम्म  कूल ऋण भूक्तानी २५ खर्ब २८ अर्ब ६२ करोड १४ लाख पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।
भदौ मसान्तसम्मको कायम कूल सार्वजनिक ऋणलाई नेपालको हालको जनसंख्याले भाग गर्दा एक नेपालीको भागमा ८६ हजार सात सय रुपैयाँ ऋण पर्ने देखिन्छ । 
 
कूल ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ४८.८८ प्रतिशत  बाह्य ऋणको हिस्सा ५१.१२ प्रतिशत  रहेको छ । 

चालु आर्थिक वर्षको दुई महिनामा मात्रै सार्वजनिक ऋणको आकार ९४ अर्ब ५२ करोड १६ लाख रुपियाँले बढेको छ ।  समीक्षा अवधिमा आन्तरिकतर्फ ५५ अर्ब र बाह्यतर्फ ३९ अर्ब ५२ करोड १७ लाख ऋण थपिएको छ । 
 

315 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्