नबिल बैंक लिमिटेडले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य ३०७ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज १६ गते तोकिएको छ ।