पात्रो

रेडियो

समाचार खोजी

छिमेक लघुवित्तको ६९ हजार संस्थापक सेयर लिलामी आजदेखि बन्द

साझा अर्थ संवाददाता १२ चैत २०८२, बिहिवार

काठमाडौँ : छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको विद्यमान संस्थापक समूहले बिक्रीमा राखेको ६९ हजार कित्ता संस्थापक सेयरको लिलामी आज, १२ चैत २०८२ देखि बन्द भएको छ। उक्त लिलामी २७ फागुन २०८२ देखि खुला गरिएको थियो।

कम्पनीले संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन आह्वान गर्दै ६९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो। यस लिलामीका लागि न्यूनतम बोलकबोल दर प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ।

सेयर खरिदका लागि न्यूनतम ५ हजार कित्ताको आवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। इच्छुक आवेदकले चाहेको खण्डमा सम्पूर्ण कित्ताका लागि पनि बोलपत्र पेश गर्न सक्नेछन्, तर एकै संस्था वा व्यक्तिले पाउने सेयर संख्या भने नियामक निकायले तोकेको सीमाभित्रै रहनुपर्नेछ।

यस हकप्रद सेयरको निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। नेप्सेमा छिमेक लघुवित्तको अन्तिम कारोबार मूल्य ९५५ रुपैयाँमा बन्द भएको छ।

168 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु