पात्रो

रेडियो

समाचार खोजी

आत्मनिर्भर लघुवित्तको सातौं वार्षिक साधारणसभा वैशाख ७ गते, १५ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता १२ चैत २०८२, बिहिवार

काठमाडौँ : आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सातौं वार्षिक साधारणसभा वैशाख ०७, २०८२ गतेका लागि आह्वान गरेको छ। सभा दाङको घोराही उपमहानगरपालिका–१५ मा सोही दिन राति ११:०० बजे सुरु हुने जनाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत लाभांश अनुमोदन गर्ने मुख्य प्रस्ताव पेश गरिनेछ। संस्थाको चैत १२ गते बसेको सञ्चालक समितिको ११०औं बैठकले ७ करोड ८३ लाख रुपैयाँ चुक्ता पुँजीका आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

प्रस्तावित लाभांशमध्ये १४.२५ प्रतिशत बोनस सेयर रहेको छ, जसको मूल्य १ करोड ११ लाख रुपैयाँभन्दा केही बढी रहेको छ। यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गरिएको छ, जसको रकम ५ लाख ८७ हजार रुपैयाँ रहेको छ।

यसैगरी, सभामा नाफा नोक्सान हिसाब, वित्तीय विवरण, नगद प्रवाह विवरणसहित लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने कार्यसूची पनि रहेको छ।

संस्थाले चैत २६ गते बुक क्लोज गर्ने जनाएको छ। त्यसैले उक्त मितिभन्दा अघि कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्न र वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।

27 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ