काठमाडौंः ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको निःशुल्क शल्य क्रिया गर्ने सम्मन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । रोग पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी पत्रमा मंगलवार हस्ताक्षर गरिएको हो
समझ्दारी पत्रमा बैंकको कर्पोरेट कार्यालय कमलादीमा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटको उपस्थितिमा हस्ताक्षर गरिएको ग्लोबल अइएमई बैंकले जनाएको छ । समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी तथा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले हस्ताक्षर गर्नु भएको थियो ।
तिलगंगा आँखा प्रतिष्ठानले ग्लोबल आइएमई बैंकको वित्तीय सहयोगमा सातै प्रदेशका सात स्थानमा आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुको निःशुल्क रुपमा मोतिबिन्दुको पहिचान गरी शल्यक्रिया गर्ने उल्लेख छ । यसैगरी विद्यालयमा अध्ययनरत आर्थिक रुपमा कमजोर तथा विपन्न छात्रारछात्रहरुको आँखा परिक्षण गरी आवश्यकता अनुसार निःशुल्क रुपमा चस्मा वितरण गरिने समेत समझदारी समेत भएको बैंकले जनाएको छ ।