पात्रो

रेडियो

समाचार खोजी

मेन्छियाम हाइड्रोपावरका लक–इन सेयर वैशाख १२ मा समाप्त हुँदै

साझा अर्थ संवाददाता १० चैत २०८२, मङ्गलवार

काठमाडौँ : मेन्छियाम हाइड्रोपावर लिमिटेडका प्रवर्द्धक, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीका सेयरको लक–इन अवधि आगामी वैशाख १२, २०८३ मा समाप्त हुने भएको छ। धितोपत्र बोर्डको पछिल्लो निर्देशिका अनुसार कम्पनीले सूचना जारी गर्दै उक्त मितिदेखि सम्बन्धित सेयरहरूको लक–इन अवधि सकिने जानकारी दिएको हो।

हाल कम्पनीका ५४ लाख २५ हजार ८३३ कित्ता सेयर नेप्सेमा सूचीकृत छन्। तीमध्ये ३७ लाख ९८ हजार ०८३ कित्ता प्रवर्द्धक समूह, ५ लाख ५ हजार ७८० कित्ता आयोजना प्रभावित स्थानीय र ३ हजार २४० कित्ता कर्मचारीका नाममा रहेका छन्। यी सेयरहरू आइपिओ निष्कासनपछि तीन वर्षदेखि लक–इन अवधिमा रहेका थिए।

कम्पनीले जारी गरेको सूचनाअनुसार सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित सेयर भने लक–इन अवधि समाप्त भएपश्चात पनि कारोबारयोग्य हुने छैनन्। हाल कम्पनीको अन्तिम कारोबार मूल्य ४२० रुपैयाँ रहेको छ।

25 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ