पात्रो

रेडियो

समाचार खोजी

ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक

साझा अर्थ संवाददाता १ असोज २०८१, मङ्गलवार

भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले यसपालिको दसैं–तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सवः ईसेवाको कारोबारमा नामीको दामी कार’ अफर सार्वजनिक गरेको छ।

अफरअन्तर्गत असोज १ देखि कात्तिक ३० सम्म ईसेवाबाट जुनसुकै कारोबार गर्ने प्रयोगकर्तामध्ये भाग्यशाली एक जनाले नयाँ नामी इलेक्ट्रिक कार जित्न सक्नेछन्। यसका लागि आवश्यकताअनुरूप ईसेवाका जुनसुकै सेवा प्रयोग वा कारोबार गर्दा उक्त बम्पर उपहार जित्ने सकिने कम्पनीले बताएको छ।

साथै, १०० को खेलमा हरेक महिना एक भाग्यशाली प्रयोगकर्ताले आईफोन१६ पनि जित्न सक्नेछन्। १०० मा यो खेल खेल्न सकिनेछ भने त्यो रकम प्रयोगकर्ताले मोबाइल रिचार्जको रुपमा फिर्ता नै पाउनेछन्। 

त्यसैगरी दैनिक र साप्ताहिक रुपमा पनि आकर्षक अफर र उपहार जित्न सकिनेछ। दैनिक अफरअन्तर्गत अफरको समयावधिमा हरेक दिन निर्धारित समयका लागि फ्ल्यास सेलको रुपमा अफर आउनेछ।

उक्त सेलमा प्रयोगकर्ताले तोकिएको समय अधिकतम छुट तथा क्यासब्याक पाउन सक्नेछन्। साप्ताहिक रुपमा आउने अफरमा हरेक हप्ताको मंगलबार ईसेवाका विभिन्न सेवा मोबाइल रिचार्ज, हवाई टिकट, इन्टरनेट बिल भुक्तानी, स्पिकर खरिद, बिमा भुक्तानीलगायत सेवा विशेष छुट तथा क्यासब्याक पाउन सकिनेछ।

अफरबारे थप जानकारी ईसेवाको फेसबुक, इन्स्टाग्राम पेजलगायतका आधिकारिक सामाजिक सन्जालमार्फत प्राप्त गर्न सकिनेछ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता