पात्रो

रेडियो

समाचार खोजी

‘रिभोल्भिङ फन्ड’ सञ्चालन गर्न राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

साझा अर्थ संवाददाता १ फागुन २०८२, शुक्रवार

काठमाडौं । ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा वित्तीय पहुँच विस्तार र साना तथा मझौला उद्यम प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको ‘रिभोल्भिङ फण्ड’ सञ्चालनका लागि नेपाल राष्ट्र बैङ्क र राष्ट्रिय वाणिज्य बैङ्कले सहकार्य गर्ने भएका छन् ।
ग्रामीण तथा अर्ध–शहरी क्षेत्रमा दिगो आर्थिक विकास प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको एक विकास परियोजना एसइडीआरए परियोजना अन्तरगत जर्मन विकास बैङ्कको वित्तीय सहयोगमा स्थापना गरिएको उक्त कोष सञ्चालनका लागि दुबै संस्थाबीच सम्झौता भएको हो ।
सम्झौतापत्रमा नेपाल राष्ट्र बैङ्कका तर्फबाट कायम मुकायम निर्देशक शिखा अधिकारी गैरे र राष्ट्रिय वाणिज्य बैङ्कका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले हस्ताक्षर गर्नुभयो । सो अवसरमा संघीय गणतन्त्र जर्मनीका महामहिम राजदूत, राष्ट्र बैङ्कका गभर्नर तथा परियोजना र बैङ्कसम्बद्ध कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले हाल सातै प्रदेशका ७७ जिल्लामा सेवा विस्तार गरेको छ । बैङ्कले २३३ शाखा कार्यालय, ९२ एक्सटेन्सन काउन्टर, ३२२ एटीएम र ९१ शाखारहित बैङ्किङ सेवा केन्द्रमार्फत ४५ लाखभन्दा बढी ग्राहकलाई बैङ्किङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
‘रिभोल्भिङ फन्ड’ मार्फत ग्रामीण तथा दुर्गम क्षेत्रमा साना तथा मझौला उद्यमलाई सहुलियतपूर्ण वित्तीय पहुँच प्रदान गरिने अपेक्षा गरिएको छ ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ