पात्रो

रेडियो

समाचार खोजी

वेरहाउजिङको नोक्सानी घट्यो

साझा अर्थ संवाददाता २५ माघ २०८२, आइतवार

काठमाडौ : नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४ करोड ४९ लाख रुपैयाँ रहेको कम्पनीको खुद नोक्सानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा २ करोड ९ लाख रुपैयाँमा झरेको छ। कम्पनीको आम्दानी बढेसँगै नोक्सानी घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १ करोड ८७ लाख रुपैयाँबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा १ करोड ७९ लाख रुपैयाँबाट बढेर ४ करोड २७ लाख रुपैयाँ पुगेको छ।

पुस मसान्तसम्ममा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ २४ पैसा रहेको छ। 

55 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु