काठमाडाैः घोराही सिमेन्ट इन्डष्ट्रिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब १ अर्ब रुपैयाँको कारोबार गरेको छ। कम्पनीले चालु आवको पहिलो तीन महिनामा ९१ करोड २० लाख रुपैयाँको कारोबार गरेको हो।
कम्पनीले गत आवमा ५ अर्ब १३ करोड ६० लाख रुपैयाँ, सन् २०२४ मा ४ अर्ब ४८ करोड ४० लाख रुपैयाँ, सन् २०२३ मा ४ अर्ब ७९ करोड १० लाख रुपैयाँ र सन् २०२२ मा ५ अर्ब ४ करोड २० लाख रुपैयाँको कारोबार गरेको थियो। कम्पनीका अनुसार कारोबारमा सुधार हुँदै गएको छ।
76
Shares