पात्रो

रेडियो

समाचार खोजी

सुपरमाइ हाइड्रोपावरले २१.११ प्रतिशत लाभांश प्रस्ताव

साझा अर्थ संवाददाता २१ माघ २०८२, बुधवार

सुपरमाइ हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि २१.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ११औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।

माघ २० गते बसेको कम्पनीको सञ्चालक समितिको १३२औँ बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो। प्रस्तावअनुसार कम्पनीले २० प्रतिशत बोनस सेयर वितरण गर्नेछ, जसको कुल मूल्य १० करोड ७० लाख रुपैयाँ रहेको छ। साथै, करसहित १.११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ, जसको रकम ५९ लाख २७ हजार रुपैयाँ रहेको छ। कम्पनीको हालको चुक्ता पुँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ।

बोनस सेयर वितरणपछि समायोजित चुक्ता पुँजीका आधारमा १:१ अनुपातमा हकप्रद सेयर जारी गर्ने योजना कम्पनीको रहेको छ। विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त भएपछि यो प्रस्ताव आगामी वार्षिक साधारण सभामा अन्तिम स्वीकृतिका लागि पेश गरिनेछ। हकप्रद सेयरबाट संकलित रकम अन्य जलविद्युत् आयोजनामा लगानी गरिने कम्पनीले जनाएको छ।

 
 
88 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ