पात्रो

रेडियो

समाचार खोजी

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफा एक सय बीस प्रतिशतले वृद्धि

साझा अर्थ संवाददाता १५ माघ २०८२, बिहिवार

काठमाडौँ — मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ।

बैंकले समीक्षा अवधिमा पाँच करोड सत्तरी लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिमा आर्जन भएको दुई करोड अन्ठाउन्न लाख रुपैयाँको तुलनामा एक सय बीस दशमलव दुई पाँच प्रतिशतले बढी हो । खुद नाफा उल्लेखनीय रूपमा बढ्नुमा खुद ब्याज आम्दानीमा भएको मजबुत वृद्धि र कोषको लागत घट्नु प्रमुख कारण रहेको बैंकले जनाएको छ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी अठसट्ठी दशमलव चार तीन प्रतिशतले बढ्दै चौध करोड छयालिस लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा आठ करोड अन्ठाउन्न लाख रुपैयाँ थियो । बैंकको निक्षेप उनन्तीस दशमलव चार नौ प्रतिशतले बढेर आठ अर्ब अठतीस करोड रुपैयाँ पुगेको छ भने कर्जा तथा सापटी छब्बीस दशमलव सात चार प्रतिशतले वृद्धि भई छ अर्ब छपन्न करोड रुपैयाँ पुगेको छ।

यद्यपि, कर्जा तथा सापटीमा हुने इम्पेयरमेन्ट खर्च दुई सय त्रिनव्वे दशमलव तीन पाँच प्रतिशतले बढ्दै दुई करोड उनन्तीस लाख रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा आठ करोड चौध लाख रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको तीन करोड उनन्सत्तरी लाख रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।

समीक्षा अवधिमा बैंकको सञ्चित नाफा घटेर छ करोड उनासी लाख रुपैयाँमा सीमित भएको छ भने कुल जगेडा कोष तीन करोड सत्तरी लाख रुपैयाँ पुगेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात सोह्र दशमलव आठ एक प्रतिशत कायम भएको छ, जुन अघिल्लो वर्षको पैंतीस दशमलव दुई एक प्रतिशतभन्दा कम हो।

यसैगरी, बैंकको निष्क्रिय कर्जा एक दशमलव सात चार प्रतिशतबाट घटेर शून्य दशमलव चार पाँच प्रतिशतमा सुधार भएको छ । कोषको लागत छ दशमलव एक दुई प्रतिशतबाट घटेर चार दशमलव सात चार प्रतिशतमा सीमित भएको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी चार रुपैयाँ पच्चीस पैसाबाट बढेर नौ रुपैयाँ सैंतीस पैसा पुगेको छ । यद्यपि, प्रति सेयर खुद सम्पत्ति मूल्य तेइस दशमलव एक सात प्रतिशतले घट्दै एक सय आठ रुपैयाँ बासठ पैसामा झरेको छ । त्रैमासको अन्त्यसम्म बैंकको बजार मूल्य प्रतिकित्ता छ सय रुपैयाँ पचास पैसा कायम रहेको छ भने मूल्य–आम्दानी अनुपात चौंसट्ठी दशमलव एक शून्य गुणा रहेको छ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ