पात्रो

रेडियो

समाचार खोजी

ग्रीन डेभलपमेन्ट बैंकको खुद नाफा २६ प्रतिशतले वृद्धि

साझा अर्थ संवाददाता १५ माघ २०८२, बिहिवार

काठमाडौँ, माघ १५ -  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड  ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले समीक्षा अवधिमा १ करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको सोही अवधिको ८७ लाख २९ हजार रुपैयाँको तुलनामा २६.०४ प्रतिशतले बढी हो । खुद नाफा वृद्धि हुनुमा खुद ब्याज आम्दानी बढ्नु मुख्य कारण रहेको बैंकले जनाएको छ । दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी २१.४७ प्रतिशतले वृद्धि हुँदै १० करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ करोड ५९ लाख रुपैयाँ थियो ।

यस अवधिमा बैंकको निक्षेप ४.६८ प्रतिशतले घट्दै ६ अर्ब ७ करोड रुपैयाँमा सीमित भएको छ । यद्यपि, कर्जा तथा सापटी ३.५८ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा २६.०४ प्रतिशतले वृद्धि भई १ करोड ५७ लाख रुपैयाँ पुगेको छ । कर्जा तथा सापटीमा हुने इम्पेयरमेन्ट चार्ज ७१.८९ प्रतिशतले बढ्दै ४ करोड ६१ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्मचारी खर्च ३ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

बैंकका प्रमुख वित्तीय सूचकहरूमा समेत सुधार देखिएको छ । पूँजी पर्याप्तता अनुपात १४.३३ प्रतिशत रहेको छ भने निष्क्रिय कर्जा ४.८८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा झरेको छ । कोषको लागत ५.९४ प्रतिशतबाट घटेर ४.८८ प्रतिशतमा सीमित भएको छ ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५८ पैसा पुगेको छ भने प्रति सेयर खुद सम्पत्ति मूल्य ११२ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

उक्त तथ्यांकहरू अघिल्लो वर्षको तत्कालीन त्रैमासिक अवधिको तुलनामा आधारित रहेका छन् ।

 

24 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ