पात्रो

रेडियो

समाचार खोजी

आज मौद्रीक नीति सार्वजनिक गरिँदै

साझा अर्थ संवाददाता ४ साउन २०८१, शुक्रवार

काठमाडौः आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्री नीति सार्वजनिक गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको बोर्ड बैठक पछि अपरान्ह मौद्रीक नीति सार्वजनिक गरिने भएको हो । 
मंगलबार अर्थ मन्त्री विष्णु पौडेल र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विचमा छलफल भएको थियो । विष्णु पौडेलसँग ट्युनिङ मिल्ने भनेर चर्चामा आउने गरेका अधिकारीको यो कार्यकालको अन्तिम मौद्रीक नीति हो । देशमा विद्यमान आर्थिक समस्यालाई समाधान गर्ने तर्फ यो मौद्रीक नीति आउने विश्वास गरिएको छ । 
विष्णु पौडेल अर्थ मन्त्री भएपछि शेयरबजारमा आएको उत्साहलाई ट्यिुनिङ मिल्ने भनिएका गभर्नरले विश्वास जगाउने खालको मौद्रीक नीति ल्याउने विश्वास लगानी कर्ताहरुको रहेको बताईन्छ । गभर्नर अधिकारीको यो कार्यकालको अन्तिम मौद्रीक नीति  भएतापनि उनको पूनःनियुक्ति हुने चर्चा चलिरहेको सन्दर्भमा बजारको आफूलाई हेर्ने दृष्टीकोण परिवर्तन गराउन पनि अधिकारीले बजार प्रति केही लचिलो नीति ल्याउने खालको अनुमान गरिएको छ । 
अपरान्ह मौद्रीक नीति सार्वजनिक गरेर पत्रकार सम्मेलन गर्ने राष्ट्रबैंकको तयारी रहेको छ ।

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता