पात्रो

रेडियो

समाचार खोजी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरणसम्बन्धी पुनर्ताजगी सम्पन्न

साझा अर्थ संवाददाता २८ पुष २०८२, सोमवार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीका संस्थापक तथा आधारभूत शेयरधनीहरूका लागि सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी अन्तरक्रिया तथा पुनर्ताजगी कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रम आइतबार लाजिम्पाटस्थित होटेल -याडिसनको ढुकु हलमा सम्पन्न भएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरू, संस्थापक शेयरधनीहरू तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरू गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सम्पत्ति शुद्धिकरण शाखा प्रमुख पदमप्रसाद सोडारी स्रोत व्यक्तिका रूपमा उपस्थित भई सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन, नियम, नीति तथा निर्देशनहरूबारे विस्तृत जानकारी दिनुभएको थियो।
कार्यक्रमका क्रममा सहभागी संस्थापक शेयरधनीहरूले आ–आफ्ना धारणा तथा जिज्ञासा राखेका थिए । उक्त कार्यक्रमले कम्पनीभित्र नियामकीय अनुपालन, सुशासन तथा जोखिम व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

54 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु