पात्रो

रेडियो

समाचार खोजी

कोशी प्रदेशका स्टार्टअप उद्यमले देखाए सबल प्रदर्शन, ८० प्रतिशत नाफामा

साझा अर्थ संवाददाता २२ पुष २०८२, मङ्गलवार

काठमाडौँ । कोशी प्रदेशमा स्टार्टअप उद्यमहरूको संख्या तीब्र गतिमा बढिरहेको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैङ्क विराटनगर कार्यालयले सार्वजनिक गरेको ‘कोशी प्रदेशमा स्टार्टअप उद्यमको प्रवृत्ति विशेष अध्ययन प्रतिवेदन २०८१/८२’ विषयक  अध्ययन प्रतिवेदनअनुसार प्रदेशका सो प्रदेशमा १६० स्टार्टअप उद्यममध्ये ८० प्रतिशत उद्यम नाफामा सञ्चालन भइरहेका छन् भने तिनको औसत नाफा १३.९ प्रतिशत पुगेको छ ।
अध्ययनअनुसार आर्थिक वर्ष २०८०/८१ मा यस्ता स्टार्टअप उद्यमहरूको कुल बिक्री आम्दानी ९२ करोड ६४ लाख रुपियाँ रहेको छ भने कुल नाफा १२ करोड ९२ लाख रुपियाँ पुगेको छ । त्यस्तै सो अवधिमा स्टार्टअप उद्यममा कुल लगानी दुई अर्ब ५६ करोड रुपियाँ रहेको छ । औसत लगानी प्रतिफल दर ५.७ प्रतिशत रहेको सो अध्ययनमा उल्लेख छ ।
अध्ययनमा समावेश १६० उद्यममध्ये ४१.३ प्रतिशत कृषि तथा वनजन्य, १८.१ प्रतिशत उत्पादनमूलक, १७.५ प्रतिशत सेवामूलक, १३.८ प्रतिशत पर्यटन, ९.४ प्रतिशत सूचना प्रविधि क्षेत्रमा केन्द्रित रहेको देखिएको छ ।
भौगोलिक रूपमा तराई क्षेत्रमा ६६.९ प्रतिशत, पहाडी क्षेत्रमा २२.५ प्रतिशत र हिमाली क्षेत्रमा १०.६ प्रतिशत उद्यम सञ्चालनमा रहेको सो अध्ययनमा उल्लेख छ ।
स्टार्टअप उद्यममा संलग्न उद्यमीमध्ये ३६–५० वर्ष उमेर समूह ४४.४ प्रतिशत, २१–३५ वर्ष उमेर समूह ३९.३ प्रतिशत, ५०–७० वर्ष उमेर समूह १६.२ प्रतिशत रहेका छन् । यस्तै लैङ्गिक आधारमा ७४.४ प्रतिशत पुरुष र २५.६ प्रतिशत महिला उद्यमी रहेका छन् ।
कुल दुई अर्ब ५६ करोड रुपियाँ लगानीमध्ये ३८.७ प्रतिशत ऋण र ६१.३ प्रतिशत स्वपूँजी८८ रहेको छ ।
यी स्टार्टअप उद्यमहरूले आर्थिक वर्ष २०८०/८१ मा एक हजार ४३६ जनालाई रोजगारी दिएका छन्, जसमा ४८.४ प्रतिशत महिला र ५१.६ प्रतिशत पुरुष रहेका छन् ।

86 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ