पात्रो

रेडियो

समाचार खोजी

पोखरा र समृद्धि फाइनान्स मर्जरमा स्वाप रेसियो बराबर

साझा अर्थ संवाददाता २१ पुष २०८२, सोमवार

२१ पुस, काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको एकीकरण (मर्जर) प्रक्रियामा दुवै संस्थाको सेयर स्वाप रेसियो बराबर अर्थात् १ बराबर १ हुने तय भएको छ।

संयुक्त मर्जर समितिद्वारा नियुक्त मूल्यांकनकर्ताको प्रतिवेदनका आधारमा दुबै फाइनान्स कम्पनीहरूको सम्पत्ति, दायित्व र कारोबार मूल्याङ्कनपछि बराबर स्वाप अनुपात कायम गर्न प्रस्ताव गरिएको हो। कम्पनीहरूले आइतबार जारी गरेका सार्वजनिक सूचनामा उक्त प्रस्ताव अनुमोदन भइसकेको उल्लेख गरिएको छ।

त्यस्तै, पोखरा फाइनान्सको सञ्चालक समितिको आइतबार बसेको बैठकले पनि १ बराबर १ को स्वाप अनुपात कायम गर्ने निर्णय गरेको छ। यसको अर्थ, समृद्धि फाइनान्स वा पोखरा फाइनान्सका लगानीकर्ताहरूले हालका सेयरअनुसार नै मर्जरपश्चात पनि समान अनुपातमा सेयर प्राप्त गर्नेछन्।

35 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ