पात्रो

रेडियो

समाचार खोजी

आन्दोलन र विपत्तिपछि बिमा दाबी २७ अर्ब नाघ्यो, भुक्तानी साढे पाँच अर्ब बढी

साझा अर्थ संवाददाता १८ पुष २०८२, शुक्रवार

काठमाडौँ । गत भदौमा जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको साढे पाँच अर्ब रुपियाँ दाबी रकम बीमितलाई भुक्तानी गरिएको छ ।
क्षतिको निर्जीवन बिमा कम्पनीहरूमा परेका तीन हजार ३१६ वटा बिमा दाबीको करिब २३ अर्ब ४७ करोड रुपियाँ दाबी रकममध्ये हालसम्ममा अग्रिम भुक्तानीसमेत गरी करिब पाँच अर्ब ४८ करोड २५ लाख बिमितलाई भुक्तानी गरिएको नेपाल बिमा प्राधिकरणले जनाएको छ ।
प्राधिकरणमा १४ वटा निर्जीवन बिमा कम्पनी र चार वटा लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, अग्रिम भुक्तानीसमेत गरी भुक्तानी भएको कुल दाबी रकममध्ये सम्पत्ति बिमातर्फ ७१२ वटा बिमा दाबीको करिब १९ अर्ब पाँच करोडमध्ये करिब तीन अर्ब ९३ करोड ५९ लाख र मोटर बिमातर्फ दुई हजार ३२१ वटा बिमा दाबीको करिब तीन अर्ब ४६ करोड १६ लाखमध्ये करिब एक अर्ब ३९ करोड २५ लाख रुपियाँ भुक्तानी भएको छ ।
यसैगरी, इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ २२६ वटा बिमा दाबीको करिब ५५ करोड ३९ लाखमध्ये करिब आठ करोड ३६ लाख, परिवहन बिमातर्फ १२ वटा बिमा दाबीको करिब एक करोड ६९ लाखमध्ये करिब एक करोड ५५ लाख र अन्य बिमातर्फ ४५ वटा बिमा दाबीको करिब ३८ करोड ४० लाखमध्ये करिब पाँच करोड रुपियाँ अग्रिम भुक्तानीसमेत गरी दाबी रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
पुनर्बिमाको करिब तीन अर्ब दुई करोड भुक्तानी
जेनजी आन्दोलनका व्रmममा भएका भौतिक तथा अन्य क्षतिको बिमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बिमा कम्पनीले निर्जीवन बिमा कम्पनीहरूलाई करिब तीन अर्ब दुई करोड अग्रिम भुक्तानीसहित पुनर्बिमा दाबी भुक्तानी गरेको छ ।
नेपाल पुनर्बिमा कम्पनीमा विभिन्न १४ वटा निर्जीवन बिमा कम्पनीहरूबाट परेका दुई हजार ८६३ वटा पुनर्बिमा दाबीको कुल दाबी रकम करिब १६ अर्ब ६२ करोड ६६ लाख रुपियाँ रहेको प्राधिकरणले जनाएको छ ।
बाढी पहिरोको १९ करोड ६४ लाख
गत असोज १८ गतेयताको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिको हालसम्ममा १९ करोड ६४ लाख रुपियाँ बिमितलाई भुक्तानी भएको छ ।
निर्जीवन बिमा कम्पनीहरूमा परेका ७९९ वटा प्रारम्भिक बिमा दाबीको करिब चार अर्ब १९ करोड प्रारम्भिक दाबी रकममध्ये हालसम्ममा २०९ वटा दाबीको उक्त रकम भुक्तानी भएको प्राधिकरणले जनाएको छ ।
विभिन्न १३ वटा निर्जीवन बिमा कम्पनी र दुई लघु निर्जीवन बिमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार, निर्जीवन बिमा कम्पनीहरूबाट सम्पत्ति बिमातर्फ ४१९ वटा प्रारम्भिक दाबीको प्रारम्भिक दाबी रकम करिब तीन अर्ब ५८ करोड ५४ लाखमध्ये ५३ वटा बिमा दाबीको १६ करोड ४४ लाख रुपियाँ र इन्जिनियरिङ तथा ठेक्का जोखिम बिमातर्फ १०७ वटा बिमा दाबीको करिब ५२ करोड ३० लाखमध्ये नौ वटा दाबीको करिब एक करोड ४० लाख भुक्तानी भएको छ ।
यसैगरी, कृषि तथा बाली बिमातर्फ २१७ वटा प्रारम्भिक बिमा दाबीको करिब चार करोड १७ लाख प्रारम्भिक बिमा दाबीमध्ये १२७ वटा दाबीको करिब ५० लाख, मोटर बिमा (निजी) तर्फ ४० वटा दाबीको करिब दुई करोड ८२ लाख दाबी रकममध्ये १७ वटा दाबीको करिब एक करोड २७ लाख र सामुद्रिक बिमातर्फ चार वटा प्रारम्भिक बिमा दाबीको करिब १० लाख ६५ हजार प्रारम्भिक बिमा दाबी रकममध्ये तीन वटा दाबीको करिब तीन लाख २७ हजार दाबी रकम बीमितलाई भुक्तानी भएको छ ।
यस्तै, मोटर बिमा (सार्वजनिक) तर्फ १० वटा दाबीको करिब एक करोड १९ लाख र लघुबिमातर्फ दुई वटा प्रारम्भिक दाबीको करिब १२ लाख रुपियाँ प्रारम्भिक बिमा दाबी रकम भुक्तानी हुन बाँकी रहेको छ ।

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ