पात्रो

रेडियो

समाचार खोजी

प्रतिकूल मौसमका कारण पाँच विमानस्थलमा हवाई सेवा प्रभावित

साझा अर्थ संवाददाता ११ पुष २०८२, शुक्रवार

प्रतिकूल मौसमका कारण शुक्रबार अपराह्नसम्म देशका पाँच विमानस्थलमा उडान तथा अवतरण सेवा सञ्चालनमा आउन सकेको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म राजविराज, जनकपुर, सिमरा, भैरहवा र धनगढी विमानस्थलमा हवाई सेवा प्रभावित बनेको छ।

कार्यालयका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने अवतरण सेवा जारी रहेको छ। तर, कम भिजिबिलिटीका कारण तराईका अधिकांश विमानस्थलमा हवाई सेवा ढिलो गरी मात्र सुरु हुने गरेको जनाइएको छ। यस अवस्थाका कारण सयौँ यात्रु प्रभावित भएका छन्।

100 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्