पात्रो

रेडियो

समाचार खोजी

बुटवल पावर कम्पनीले ६ प्रतिशत नगद लाभांश प्रस्ताव, पुस २८ मा ३३औँ साधारणसभा

साझा अर्थ संवाददाता ४ पुष २०८२, शुक्रवार

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसीएल) ले आर्थिक वर्ष २०८१/८२ का लागि ६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।

कम्पनीको पुस ३ गते सम्पन्न सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ३ अर्ब ४० करोड रुपैयाँका आधारमा उक्त नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यसैबीच, कम्पनीले आफ्नो ३३औँ वार्षिक साधारणसभा पुस २८ गते, २०८२ मा आह्वान गरेको छ। साधारणसभा उक्त दिन दिउँसो २ बजे काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजना हुनेछ।

प्रस्तावित लाभांश वितरण तथा साधारणसभाको प्रयोजनका लागि कम्पनीले पुस १५ गते, २०८२ बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा सो मितिसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुन पाउनेछन्।

लेख तयार पार्दासम्म बुटवल पावर कम्पनीको पछिल्लो कारोबार दिनको अन्तिम शेयर मूल्य प्रतिकित्ता ७३३ रुपैयाँ रहेको छ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ