काठमाडौं । कृषि विकास बैङ्क लिमिटेडले आफ्ना सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश दिने भएको छ।
बैङ्कको सोमबार राजधानीमा सम्पन्न उन्नाईसी वार्षिक साधरणसभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.२५ प्रतिशत बोनस र नगद लाभांश स्वरुप १.७५ प्रतिशत (कर सहित) दिने प्रस्ताव पारित गरेको हो।
बैङ्क सञ्चालक समितिका अध्यक्ष डिम प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न साधरणसभाबाट पारित भई सकेको यवाशिघ्र सोही अनुसारको लाभांश सेयरधनीहरुलाई उपलब्ध गराईने प्रतिवद्धता जनाउनुभयो ।
साधरणसभामा नेपाल सरकार महालेखा नियन्त्रक कार्यालयका प्रतिनिधी मुक्तौरमण पराजुली लगायतले आफ्नो भनाई रारूनु भएको थियो ।
साधारणसभामा सेयरधनीहरुले उठाएका जिजासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष पौडेलले स्पष्ट पार्दै सेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
साधरणसभामा सेयरधनीका साथै विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैङ्कमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैड्क सञ्चालक समितिका सदस्यहरु क्रमश सेवन्तक पोखरेल, डा. हरी बहादुर के.सी., गोविन्द प्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोद कुमार गुरागाई, रीता सुवेदी र प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, वैङ्कका कम्पनी सचिव हिमलाल पौडेललगायतको उपस्थिती रहेको थियो ।