नेपाल वायुसेवा निगमको वाइडबडी एयरबस–३३० जहाज ८२ दिनपछि बिहिबार इटालीबाट नेपाल फर्किएको छ । ३० दिनभित्र सम्पूर्ण मर्मत ‘सि–चेक’ गरेर फर्काउने बताइएको जहाज इटालियन कम्पनी एटिटेक एसपिएले मर्मतमा ढिलाइ गरिदिएपछि साढे दुई महिनाभन्दा बढी समय इटालीमा अलपत्र परेको थियो ।
निगमको एयरवसको ए३३० को ९एन एएलवाई अन्नपूर्ण० नामक जहाज विहीबार विहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरण गरेको छ । वायुेवा निगमका प्रावधिक प्रवक्ता मनोजकुमार साहका अनुसार बुधबार नै आउने तालिका भएपनि जहाज उड्ने बेलामा प्राविधिक समस्या देखिएकोले त्यसको समाधान गरेर पठाउनुपरेका कारण हिजै आउने भनिएपनि आज बिहानमात्रै आइपुगेको पनि निगमले जानकारी दिएको छ ।
नेवानि व्यवस्थापनले वाइडबडीको सि–चेकको जिम्मेवारी इटालीको एटिटेक एसपिए कम्पनीलाई सुम्पिएको छ । सम्झौताबमोजिम नेवानिले ३० दिनमा सि–चेक गरेर नियमित उडानमा फर्काउने भन्दै जहाज ८ असार (२२ जुन)मा दुबई हुँदै इटाली पुर्याएको थियो ।
नेवानिको अर्को वाइडबडी ९एन–एएलजेड पनि सि–चेकका लागि इटाली पुर्याइएको छ । १२ भदौमा इटाली पठाइएको दोस्रो वाइडबडी दुई हप्ता पुग्नै लाग्दासमेत अझै सि–चेक सुरु भएको छैन । एउटा जहाजको सि–चेक सम्पन्न भएपछि अर्कोको सि–चेक सुरु हुने निगमको भनाई छ ।
साझा अर्थ संवाददाता