पात्रो

रेडियो

समाचार खोजी

एसवाई प्यानल नेपालले नयाँ यूपीभीसी उद्योग खोल्ने

साझा अर्थ संवाददाता १८ मंसिर २०८२, बिहिवार

चिवन: हालै आईपीओ जारी गरेको एसवाई प्यानल नेपालले चितवनको रत्ननगरमा नयाँ यूपीभीसी उद्योग खोल्ने भएको छ।कम्पनीले आईपीओबाट उठेको रकमबाट सो उद्योग खोल्न लागेको हो।  

फ्याक्ट्री सञ्चालनमा आइसकेपछि नेपालमै अत्याधुनिक प्रविधिबाट गुणस्तरीय यूपीभीसी ढोका, झ्यालका प्रोफाइल तथा अन्य निर्माण सामग्री उत्पादन हुने बताइएको छ। अन्तर्राष्ट्रिय गुणस्तरमा ध्यान दिँदै उत्पादन गरिने भएकाले नेपाली उत्पादित सामग्री विदेशी बजारमा प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ। 

सन् २०१७ बाट प्यानलका प्रडक्ट उत्पादन गरी बिक्री गर्दै आएको यस कम्पनी निर्माण क्षेत्रमा लोकप्रिय बन्दै गएको छ। 

कम्पनी कोरियन प्रविधिमा आधारित यूपीभीसी फ्याक्ट्री खोल्नको लागि जुटी सकेको एसवाई प्यानलका प्रबन्ध निर्देशक शशी साहले जानकारी दिए। प्रत्यक्ष कोरियन लगानी रहेको एसवाई प्यानल नेपालले रत्ननगरमै प्यानलका प्रडक्ट पनि उत्पादन गर्दै आएको छ।

267 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु