काठमाडौं । सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीले शुक्रबार र शनिबार सलिको गल्फ टुर्नामेन्ट, २०२५ आयोजना गर्ने भएको छ ।
कम्पनीद्वारा विगतका वर्ष झैँ यस वर्ष पनि शुक्रबार र शनिबार रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा उक्त टुर्नामेन्ट आयोजना गर्न लागेको हो ।
प्रतियोगितामा १७ विधाका खेलहरु आयोजना गरिने कम्पनीले जनाएको छ । विभिन्न उमेर समुहका महिला तथा पुरुष समुहको खेलहरु आयोजना गराइने प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउने रहेको कम्पनीको भनाई छ ।
विश्वमा अधिक रुचाइएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिपेक्ष्यमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
प्रतियगितामा खेलाइने १७ विधाका खेलहरु मध्ये होल इन वान विधाको पुरस्कार अन्तरगत टाटा नेक्सनको इभी सवारी पुरस्कारको व्यवस्था गरिएको छ । साथै, अन्य विधाका खेलहरुमा सिम्रिक एअर द्वारा दुई जनालाई स्काइ डाइभिङ, कैलाश हेलिकप्टरबाट एक जनालाई गोसाईकुण्डको हेलिकप्टरको यात्रा लगायत अन्य आकर्षक पुरस्कारहरुको समेत व्यवस्था गरिएको छ ।