संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न छिमेकी मुलुकहरुको बलियो सहयोग आवश्यक रहेको कुरामा जोड दिएका छन् ।
भारतको नयाँ दिल्लीमा बुधबारबाट शुरु भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ९ आईकाओ० को एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय दोस्रो सम्मेलनसम्मेलनको उद्घाटन सत्रलाई सम्बोधनका क्रममा उनले सो कुरा बताएका हुन् ।
सम्बोधनका क्रममा मन्त्री पाण्डेले भने ‘हाम्रा अन्तर्राष्ट्रिय विमानस्थलहरु अहिलेसम्म सर्टिफाइ भई सकेका छन्, पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी रुपमा सञ्चालन गर्न क्षेत्रीय सहयोगको अपेक्षा गरेका छौ । यसबाट पनि हाम्रो नागरिक उड्डयन क्षेत्रको निरन्तर सुधारप्रतिको हाम्रो प्रतिवद्धता स्पष्ट हुने छ ।’
मन्त्री पाण्डेले नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनमा छिमेकीहरुको सहयोगका लागि विशेष जोड दिँदै भने, ‘यी दुई विमानस्थलहरुको प्रभावकारी सञ्चालनका लागि नेपालले तपाईंहरु सबैको र विशेष गरी छिमेकी देशहरुको बलियो सहयोगको अपेक्षा गरेको छ ।’
नेपाल हवाई सुरक्षाका लागि क्षमता अभिवृद्धि प्रति प्रतिवद्ध रहेको र आइकाओको युनिभर्सल सेफ्टी ओभरसाइइट अडिट प्रोग्राम ९यूएसओएपी० कार्यान्वयनको विषयमा नेपालले सन् २०२२ सम्ममा उच्च तथा विश्वका अरु मुलुकको हाराहारीमा उपलब्धी हासिल गरेको स्मरण गर्दै मन्त्री पाण्डेले भन्नुभयो, ‘सन् २०२२ को अडिटमा नेपालले सरदर ७० प्रतिशतको हाराहारीमा अङ्क हासिल गरेको गरेको कुरा यहाँ जानकारी गराउन पाउँदा म हर्षित छु ।’
उनले अगाडि भने, ‘नेपालले ग्लोबल एभियशन सेफ्टिी प्लानका मुख्य सिद्धान्तहरुलाई नेशनल सेफ्टिी प्लानमा सफलतापूर्वक एकीकृति गराइ सकेको छ ।’ मन्त्री पाण्डेले भने ‘सिकागो कन्भेन्सको एउटा हस्ताक्षरकर्ता मुलुक भएका नाताले हामीले सो कन्भेन्सनका सिद्धान्तहरुलाई स्वीकार गरेका छौं र दुर्घटना अनुसन्धानको स्वतन्त्र जाँचबुझ गर्न स्थायी निकायको स्थापनाका लागि नयाँ कानुन निर्माणको काममा अगाडि बढी सकेका छौं ।’
‘नेपालको बेग्ले खाले प्रकृति, भूबनोट र भूगोल छ त्यसैले गर्दा नेपालमा उड्डयन क्षेत्रको अनुसन्धान र खोजको ठूलो सम्भावना छ । हामीले नेपालमा क्षेत्रीय अनुसन्धानर तथा तालिम केन्द्रको स्थापना गर्न सक्छौ । साथै एयर नेभिगेशन सर्भिस ९एएनएस०सँग सम्बन्धित खोजी तथा उद्धार, मौसमसम्बन्धी सेवाहरु र एयर ट्राफिक फ्लो मेनेजमेन्ट जस्ता विषयमा भएका राम्रा प्रयासहरुको प्रवद्र्धनका लागि संयुक्त रुपमा काम गर्न सक्छौं ।’ उनले सम्बोधनका क्रममा भने ।
सुरक्षित र लचिलो उड्डयन पूर्वाधारहरु उड्डयन क्षेत्रको सुधारका लागि आधारभूत कुराहरु भएको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, यस क्षेत्रको हवाई सुरक्षा मजबुत बनाउन आइकाओका सदस्य मुलुकहरुबीच थप सहयोग सझेदारीको माग गर्छ । तसर्थ म पुनः क्षेत्रीय सहयोगमा जोड दिन्छु जसले गर्दा सुरक्षित र दीगो उड्डयन तर्फको हाम्रा साझा प्रतिवद्धताबाट हरेक देश लाभान्वित हुन सकुन ।
बुधबारबाट नयाँ दिल्लीमा शुरु हुने एशिया प्रशान्त क्षेत्रको मन्त्रीस्तरीय सो सम्मेलन दुई दिनसम्म चल्ने छ । सो सम्मेलन भारत सरकार र आईकाओले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन । एशिया प्रशान्त क्षेत्रमा नागरिक उडड्यनलाई थप प्रभावकारी बनाउन नयाँ रोडम्याप तयार गर्ने उद्देश्यले हुन लागेको सो सम्मेलनको विहीबार हुने समापन समारोहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नु हुने कार्यक्रम रहेको छ ।
उक्त सम्मेलनमा ।करीब ४१ देशका २५० भन्दा बढी प्रतिनिधिको सहभागीता हुने जनाइएको छ ।
साझा अर्थ संवाददाता