पात्रो

रेडियो

समाचार खोजी

बैंकहरुबाट ४० अर्ब निक्षेप प्रशोचन गर्दै राष्ट्र बैंक

साझा अर्थ संवाददाता २६ भदौ २०८१, बुधवार

बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको छ । २१ दिनको लागि प्रसोचन गर्न लागेको निक्षेपको आजै   सार्वजनिक बोलकबोल र खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ ।  

पछिल्लो समय कर्जा मागमा संकुचन आउँदा बैंक तथा वित्त संस्थामा ७ खर्ब हाराहारी लगानी योग्य पुँजी थुप्रिएको छ ।  भदौ २४ गतेसम्म ६४ खर्ब ८४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुले ५२ खर्ब ५ अर्ब रुपैयाँ बराबरको कर्जा लगानी गरेका छन् ।  


बजारमा तरलता अभाव हुँदा केन्द्रीय बैंकले रिपोमार्फत तरलता प्रवाह गर्नेगर्छ भने  पर्याप्त तरलता हुँदा रिभर्स रिपो अर्थात् निक्षेप संकलको माध्ययमबाट तरलता प्रशोचन गर्ने गर्छ ।  

215 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ