काठमाडौंः सर्वोत्तम सिमेन्ट लिमिटेडको साधारण सभा मंसिर २६ गते बस्ने भएको छ । सञ्चालक समितिद्वारा प्रस्तावित लाभांस पारित गर्ने प्रयोजनकालागि सो दिन कम्पनीको रजिष्टर कार्यलाय भैरहवा मा साधारण सभा बस्ने भएको हो ।
गत आर्थिक वर्षको नामाबाट शेयर धनीहरुला लाभांस वितरण गर्ने सञ्चालक समितिको निर्णय पारित गर्ने लगायतका निर्णयहरु गर्न कम्पनीको साधारण सभा बोलाइएको सञ्चालक समितिले जनाएको छ ।
सञ्चालक समितिद्वरा प्रस्तावित हाल कायम चुक्ता पूँजीको ५ प्रतशित बोनस शेयर र सोको कर प्रयोजनार्थसहति १५ प्रतशित नगद लाभांश वितरण गर्ने प्रस्ताव लागयतका प्रस्तावहरु साधारण सभाले पारित गर्ने छ । लाभांस वितरण प्रयोजनाकालागि कम्पनी ले मंसिर १२ गते एक दिनकालागि बुक क्लोज गर्ने छ ।