पात्रो

रेडियो

समाचार खोजी

निफ्राले मंसिर २३ मा सातौं बार्षिक साधारण सभा बोलायो, ६.३१५८ प्रतिशत नगद लाभांश अनुमोदन एजेन्डामा

साझा अर्थ संवाददाता २ मंसिर २०८२, मङ्गलवार
समाचार सारांश

निफ्राले मंसिर २३ मा सातौँ एजीएम बोलाएको छ र ६.३१५८% नगद लाभांश अनुमोदन एजेन्डामा राखिएको छ। मंसिर १२ बुक क्लोज मिति निर्धारण गरिएको छ, जसअघिका सेयरधनी लाभांश र एजीएममा सहभागी हुन योग्य हुनेछन्।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ — नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले सातौं वार्षिक साधारण सभा (एजीएम) मंसिर २३, २०८२ मा बोलाएको छ। सभा अनुपम फुडल्याण्ड एन्ड बैंक्वेट, बत्तीसपुतलीमा बिहान ९ बजेपछि सुरु हुने बैंकले जानकारी दिएको छ।

एजीएमले आर्थिक वर्ष २०८१/८२ का लागि ६.३१५८ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। भदौ १९ गते बसेको बैंकको १७०औं सञ्चालक समिति बैठकले बैंकको २१.६० अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजीमा आधारित रही ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) १ अर्ब ३६ करोड ४२ लाख १२ हजार ८०० रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो।

सभा एजेन्डामा

  • लेखापरीक्षकको प्रतिवेदनसहित नाफा–नोक्सान विवरण,

  • वित्तीय विवरण,

  • नगद प्रवाह विवरण अनुमोदन,

  • आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्ति,

  • तथा साधारण शेयरधनी समूहबाट २ जना सञ्चालक चयन
    जस्ता प्रस्तावहरू समावेश छन्।

बैंकले मंसिर १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले मंसिर ११ सम्म कायम रहेका सेयरधनीहरूलाई मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने र एजीएममा उपस्थित रहने अधिकार रहनेछ।

109 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ