पात्रो

रेडियो

समाचार खोजी

युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घट्यो

साझा अर्थ संवाददाता २८ कार्तिक २०८२, शुक्रवार

काठमाडौं : युनिलिभर नेपालको खुद नाफा ४३ प्रतिशत घटेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ३० करोड रुपैयाँ छ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ५२ करोड ६९ लाख रुपैयाँ थियो। कम्पनीको बिक्री/सञ्चालन आम्दानी घट्दा नाफामा असर परेको छ। यस्तो आम्दानी गत आवको पहिलो त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ रहेकोमा अहिले २ अर्बमा खुम्चिएको छ।

कम्पनीको कुल खर्च सामान्य बढेको छ। यस्तो खर्च पहिले १ अर्ब ६३ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ६६ करोड रुपैयाँ छ। कच्चा पदार्थको लागत महँगिदा कुल खर्च बढेको देखिन्छ।

नाफा घट्दा प्रतिशेयर आम्दानी पनि घटेको छ। पहिलो त्रैमासको मात्रै कम्पनीको प्रतिशेयर आम्दानी ३२६ रुपैयाँ छ भने वार्षिक प्रतिशेयर आम्दानी १ हजार ८८४ रुपैयाँ छ। गत वर्षको यसै अवधिमा वार्षिक प्रतिसेयर आम्दानी २ हजार ९६ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ बढेको छ। प्रतिशेयर नेटवर्थ पहिले ५ हजार ८३६ रुपैयाँ रहेकोमा अहिले ६ हजार ३ रुपैयाँ छ।

110 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु