पात्रो

रेडियो

समाचार खोजी

आफ्ना सेयरधनीलाई आठ प्रतिशत नगद लाभांश दिंदै ग्लोबल आइएमई बैंक

साझा अर्थ संवाददाता २७ कार्तिक २०८२, बिहिवार

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई चुक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (कर सहित) दिने भएको छ ।
बैंकको राजधानीमा सम्पन्न १९औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफा समेतबाट बैंकले शेयरधनीहरूलाई प्रस्ताव गरेको चुँक्ता पुँजीको आठ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा सात अर्ब २३ करोड रुपियाँ सञ्चालन मुनाफा तथा पाँच अर्ब सात करोड रुपियाँ करपछिको मुनाफा आर्जन गरेको थियो ।
साधारणसभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीति, नियमहरूको पूर्ण परिपालना गर्दै सेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीति अन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उहाँले उल्लेख गर्नुभयो ।
साधारणसभामा राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडका प्रतिनिधिहरु, सेयरधनी, संस्थागत सेयरधनीका प्रतिनिधिहरु, सञ्चारकर्मी, नियामक निकायका प्रतिनिधिहरु, कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।

113 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ