पात्रो

रेडियो

समाचार खोजी

एनसेलले एनपीएल सिजन २ का लागि साझेदारी विस्तार गर्दै

साझा अर्थ संवाददाता २५ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं । एनसेलले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा पनि ‘पावर्ड बाई पार्टनर’का रूपमा सहभागिता जनाउने घोषणा गरेको छ । ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित प्रतियोगिता आगामी मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ ।
क्रिकेट खेलले नेपालीहरूलाई जोड्ने माध्यम बनेको भन्दै कम्पनीले सहकार्य अघि बढाएको जनाएको छ । गत वर्षको पहिलो संस्करणमा पनि एनसेल ‘पावर्ड बाई पार्टनर’को रूपमा सहभागी भएको थियो ।
एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपङ्ग दत्तले हालैका टी–ट्वान्टी प्रदर्शनले सबै नेपालीलाई गौरवान्वित बनाएको उल्लेख गर्दै भन्नुभयो, “क्रिकेट आज राष्ट्रको ठूलो आशा मात्र होइन, हामी सबैलाई एकताबद्ध राख्ने खेल पनि हो । ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित यस भव्य महाउत्सवमा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं । एनसेलको कनेक्टिभिटीमार्फत फ्यानहरू जहाँ भए पनि खेलसँग जोडिरहनेछन् ।”
एनसेलले यस वर्ष पनि आफ्ना ग्राहकहरूका लागि एनसेल एपमार्फत एनपीएलका खेलहरू लाइभ हेर्न सकिने सुविधा उपलब्ध गराउने जनाएको छ । कम्पनीका अनुसार, यसले दर्शकहरूलाई देश–विदेश जहाँ भए पनि खेलको रोमाञ्चक क्षणमा जोडिने अवसर प्रदान गर्नेछ ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले एनसेलसँगको सहकार्यबारे खुशी व्यक्त गर्दै भन्नुभयो, “क्रिकेटको विकासका लागि एनसेलको निरन्तर सहयोग प्रशंसनीय छ  । यस्ता सहकार्यहरूले नेपाली क्रिकेट र एनपीएललाई विश्वसामु स्थापित गर्न मद्दत पुर्याउनेछन् ।”

84 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ