पात्रो

रेडियो

समाचार खोजी

सानिमा बैंकमा पवनकुमार आचार्य नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त

साझा अर्थ संवाददाता २५ कार्तिक २०८२, मङ्गलवार

काठमाडौँ, कात्तिक २५ गते। सानिमा बैंक लिमिटेडले श्री पवनकुमार आचार्यलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त गरेको छ। बैंकको सञ्चालक समितिको सोमबार, कात्तिक २४ गते बसेको बैठकले हाल उप–प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत श्री आचार्यलाई माघ १२ गते, २०८२ देखि लागू हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा पदोन्नति गर्ने निर्णय गरेको हो।

श्री आचार्यको नियुक्ति हालका प्रमुख कार्यकारी अधिकृत श्री निशलराज पाण्डेको कार्यकाल समाप्त भएसँगै हुनेछ। श्री पाण्डेको कार्यकाल माघ ११ गते, २०८२ मा सकिनेछ।

107 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ