पात्रो

रेडियो

समाचार खोजी

कृषि विकास बैंकले १३% लाभांश प्रस्ताव गर्‍यो

साझा अर्थ संवाददाता २० कार्तिक २०८२, बिहिवार

काठमाडौँ, कार्तिक २० । कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम रु. १३ अर्ब ८५ करोड चुक्ता पूँजीमा कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसअन्तर्गत ३.२५ प्रतिशत बोनस शेयर र ९.७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहनेछन्।

कार्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। साथै, बैंकले हाल कायम गैर-परिवर्तनीय अग्राधिकार शेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि गरेको छ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभा (AGM) बाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ। हालको बजार मूल्य (LTP) रु. ३१५.०० रहेको छ।

249 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु