पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबिआई बैङ्क सञ्चालक समितिको अध्यक्षमा वंसीधर कुंचा चयन

साझा अर्थ संवाददाता १७ कार्तिक २०८२, सोमवार

काठमाडौं । नेपाल एसबिआई बैङक लिमिटेडले सञ्चालक समितिको अध्यक्षमा वेंकट वंसीधर कुंचालाई चयन गरेको छ ।
बैङ्क सञ्चालक समितिको ५३६औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आउनुभएका सञ्चालक कुंचालाई बैंक सञ्चालक समितिको अध्यक्षमा गरेको हो ।
नेपाल राष्ट्र बैङ्कका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले बैङ्कका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष कुंचालाई आइतबाट आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो ।
अध्यक्ष कुंचा, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैङ्किङ समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत हुनुहुन्छ । उहाँले एस.बी.आई. को २९ देशमा विस्तारित अन्तर्राष्ट्रिय व्यवसायसँग सम्बन्धित मामिला हेर्नुहुन्छ ।

116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ