पात्रो

रेडियो

समाचार खोजी

प्रधानमन्त्री कार्कीले सात राजनीतिक दलहरुसँग आज छलफल गर्दै

साझा अर्थ संवाददाता ४ कार्तिक २०८२, मङ्गलवार

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सात राजनीतिक दलहरुसंग आज छलफल गर्ने भएकी छन् । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, आज दिउँसो ४ बजे बालुवाटारमा दलहरूसँग छलफल गर्न बोलाएकी हुन् ।  उनले राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र लेखेकी छन् ।

प्रधानमन्त्रीले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा नेपाल र जनमत पार्टीलाई संवादका लागि बालुवाटार बोलाएकी हुन् । 

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले दलका प्रतिनिधिलाई बोलाएर निर्वाचन बारे छलफल गरेर वातावरण बनाउने प्रयास गरेका थिए । कार्कीले भने दलहरुसँग संवाद गर्न लागेको यो पहिलो पटक हो ।

129 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ