जीएसएम पोस्टपेडमा उपलब्ध सबै सजिलो अनलिमिटेड प्याकेजहरू—६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ—को समयावधि सकिएपछि स्वचालित रूपमा पुनः खरिद हुने व्यवस्था गरिएको छ। पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रोराटा शुल्क कटौती गरिनेछ र त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा प्याकेज स्वतः नवीकरण हुनेछ।
काठमाडौँ - नेपाल टेलिकमले ग्राहकहरूको माग अनुसार जीएसएम पोस्टपेड सेवाका लागि पुनरावृत्ति हुने सजिलो अनलिमिटेड प्याकेज सञ्चालनमा ल्याएको छ। यो प्याकेज आगामी असोज ३१ गतेदेखि लागू हुने छ।
यसअनुसार जीएसएम पोस्टपेडमा उपलब्ध सबै सजिलो अनलिमिटेड प्याकेजहरू—६९९, ७९९, ९९९, १४९९ र एक्जेक्युटिभ—को समयावधि सकिएपछि स्वचालित रूपमा पुनः खरिद हुने व्यवस्था गरिएको छ। पहिलोपटक प्याकेज खरिद गर्दा अंग्रेजी महिनाको १५ तारिखलाई आधार मानेर प्रोराटा शुल्क कटौती गरिनेछ र त्यसपछि प्रत्येक महिनाको १५ तारिखमा प्याकेज स्वतः नवीकरण हुनेछ।
यदि अंग्रेजी महिनाको १५ तारिखमा बिल तिर्न पर्याप्त क्रेडिट लिमिट नभएमा सेवा अवरुद्ध हुन सक्नेछ र भुक्तानी गरेपछि मात्र सेवा पुनः सुरु हुनेछ। आवश्यक परेमा ग्राहकहरूले उल्लिखित डाटा र एसएमएस बाहेक अन्य प्याकेज खरिद गर्न सक्नेछन्।
ग्राहकले आवश्यकतानुसार बढी वा कम सेवाहरू सहितका अन्य पुनरावृत्ति हुने प्याकेजहरू वा सामान्य एसएमएस र डाटा प्याकेज पनि खरिद गर्न सक्नेछन्। एउटै पुनरावृत्ति हुने प्याकेज चलिरहेको अवस्थामा अर्को प्याकेज खरिद गर्दा नयाँ प्याकेज पेंडिङ अवस्थामा रहनेछ र अर्को अंग्रेजी महिनाको १५ तारिखमा मात्र सक्रिय हुनेछ। अन्य सामान्य प्याकेज खरिद गर्दा भ्यालिडिटी कम भएको प्याकेज पहिले प्रयोग हुनेछ। सेवा बन्द गर्न चाहने ग्राहकहरूले जीएसएम पोस्टपेड अफर (रु. ३००) सब्स्क्राइब गरी पुनरावृत्ति सेवा बन्द गर्न सक्ने टेलिकमले जनाएको छ।