पात्रो

रेडियो

समाचार खोजी

बैंकलाई जेनजी आन्दोलन प्रभावितको उपचार र पुनःस्थापनामा सिएसआर प्रयोगको अनुमति

साझा अर्थ संवाददाता ३० असोज २०८२, बिहिवार
समाचार सारांश

नेपाल राष्ट्र बैंकले ‘संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई सिएसआर रकम जेनजी आन्दोलन (भदौ २३–२४) का घाइते र सहिद परिवारको सहयोगमा खर्च गर्न दिने व्यवस्था गरेको छ। संशोधनअनुसार, सरकारी अस्पतालमा उपचाररत विपन्न घाइतेहरूको उपचार खर्च सिधै अस्पताललाई उपलब्ध गराउन सकिनेछ। यस्तै, सहिद भएका व्यक्तिका बेरोजगार परिवारलाई सीपमूलक तालिमका लागि पनि सिएसआर खर्च गर्न सकिनेछ। बैंक तथा वित्तीय संस्थालाई खुद मुनाफाको कम्तीमा १% रकम सिएसआरमा खर्च गर्नुपर्ने कानुनी प्रावधान छ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ — बैंक तथा वित्तीय संस्थाहरूले अब आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गतको रकम जेनजी आन्दोलनका पीडितहरूको हितमा खर्च गर्न सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी मार्गदर्शन, २०८१ (दोस्रो संशोधन)’ जारी गर्दै भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरू र सहिद भएका व्यक्तिका परिवारहरूको सहयोगका लागि सीएसआर खर्च गर्न सकिने व्यवस्था गरेको हो।

संशोधित मार्गदर्शनअनुसार, आन्दोलनका क्रममा घाइते भई सरकारी अस्पतालमा उपचाररत रहेका गरिब तथा विपन्न नागरिकलाई औषधोपचारका लागि दोहोरो नपर्ने गरी ती अस्पताललाई सिधै रकम उपलब्ध गराएर खर्च गर्न सकिनेछ। यस्तै, आन्दोलनमा सहिद भएका व्यक्तिका परिवारमध्ये प्रत्यक्ष आय आर्जन गर्ने सदस्य नभएका अवस्थाहरूमा, उनीहरूको आय आर्जन क्षमता अभिवृद्धि गर्न नेपाल सरकार वा सरकारबाट स्वीकृति प्राप्त संस्थाबाट प्रदान गरिने सीपमूलक तालिममा सहभागी गराउने उद्देश्यले त्यस्ता तालिम प्रदायक संस्थालाई सिएसआर अन्तर्गत खर्च गर्न सकिने प्रावधान गरिएको छ।

बैंक तथा वित्तीय संस्थालाई वार्षिक खुद मुनाफाको न्यूनतम एक प्रतिशत रकम सामाजिक उत्तरदायित्वमा खर्च गर्नुपर्ने व्यवस्था रहेको छ। राष्ट्र बैंकको यो संशोधनसँगै वित्तीय संस्थाहरूलाई सामाजिक न्याय र उत्तरदायित्वमा योगदान पुर्‍याउने अवसर थप व्यापक भएको विश्लेषण गरिएको छ।

155 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ