पात्रो

रेडियो

समाचार खोजी

हमासको कब्जामा रहेका कञ्चनपुरका जोशी जीवित नरहेको पुष्टि

साझा अर्थ संवाददाता २८ असोज २०८२, मङ्गलवार
 
काठमाडौँ:  विगत दुई वर्षदेखि प्यालेस्टाइनी समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपीन जोशी जीवित फर्कने आशा करिब निराशामा परिणत भएको छ । इजरायलका अधिकारीले जोशी जीवित नरहेको पुष्टि गरेका इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
 
इजरायली अधिकारीले नेपाली राजदूतावासलाई सम्पर्क गरेर जोशी जीवित नभएको जानकारी दिएका नेपाली दूतावासले उल्लेख गरेको छ । हमास समूहले इजरायलको किबुल आलुमिमबाट विसं २०८० असोज २३ मा जोशीलाई अपहरण गरेको थियो ।
 
नेपालका लागि इजरायलका पूर्वराजदूत हनान गोदरले पनि जोशी जीवित नरहेको सामाजिक सञ्जालमार्फत पुष्टि गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालका लेख्नुभएको छ, “विपीन जोशी अब हामीमाझ रहनुभएन । दुई वर्षको आशा अब समाप्त भएको छ ।”
 
इजरायली सञ्चारमाध्यमले पनि जोशी जीवित नरहेको स्पष्ट पारेका छन् । जोशी सन् २०२३ मा ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि तालिमका लागि इजरायल जानुभएको थियो । 
116 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ