पात्रो

रेडियो

समाचार खोजी

'टीओबी' को टिसर्ट लगाएका पेस्तोलसहित देखिएका युवक प्रहरी हिरासतमा

साझा अर्थ संवाददाता २७ असोज २०८२, सोमवार

काठमाडौँ : जेनजी प्रदर्शनका बेला ‘टीओबी’ लेखिएको टिसर्ट लगाएर हिँड्ने मध्ये बिजुलीबजारको पुलमा ‘पेस्तोल’सहितको भिडियो बाहिर आएका युवक  तेन्जेन दावा प्रहरी नियन्त्रणमा रहेका छन् । 

'पेस्तोल' देखाउँदै गरेको भिडियो सामाजिक सञ्जाल भाइरल हुन थालेपछि ती युवा आफै प्रहरीको सम्पर्कमा पुगेका हुन् । 

हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनले एक युवासँग पेस्तोल लिएको देखिएको छ । 

अहिले दावासँग सोधपुछ भइरहेको प्रहरीले बताएको छ । आन्दोलनमा टीओबीको टिसर्ट र ज्याकेट लगाएका मानिसहरुको भूमिका रहस्यमय रहेको भन्दै अहिले मिडिया र सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

192 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ