काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको आह्वान गर्नु भएको छ । राष्ट्रपति पौडेलले आज अपरान्ह ४ बजे प्रधानमन्त्री सहित सर्वदलीय बैठकको आह्वान गर्नु भएको हो ।
निर्वाचनको मिति र कार्यतालिका सहित घोषणा भइसकेको अवस्थामा दलहरुसँग सम्बादहीनताको अवस्था भइरहेकोले सम्बाद गर्न राष्ट्रपति पौडेलले प्रधानमन्त्री शुशिला कार्कीलाई विहिवार सुझाव दिनुभएको थियो । राष्ट्रपतिसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले निर्वाचनकालागि निर्वाचन आयोगले तयारी गरिरहेको जानकारी राष्ट्रपतिलाई दिएको बताइएको छ ।