पात्रो

रेडियो

समाचार खोजी

दोलखाको लप्चीमा अलपत्र परेका चार पर्यटकको उद्दार

साझा अर्थ संवाददाता २३ असोज २०८२, बिहिवार

दोलखाः  दोलाखाको बिगु गाउँपालिका वडा नम्बर एकमा रहेको  लप्ची गुम्बामा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको उद्दार गरिएको छ । 
गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको ईलुकमा रहेको नासा हाईड्रोपावरमा बसेका थिए । असोज २१ गते गुम्बाबाट  र्फकने क्रममा दोलखाको लामाबगर– लप्ची सडक अन्तर्गत देउराली भन्ने ठाउँमा कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेकाउनीहरुलाई असोज २३ गते बिहान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको हो ।

128 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्