पात्रो

रेडियो

समाचार खोजी

नेपाल टेलिकमको दसैँ–तिहार–छठ अफर सार्वजनिक

साझा अर्थ संवाददाता ६ असोज २०८२, सोमवार
समाचार सारांश

अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । नेपाल टेलिकमले दसैँ-तिहार-छठ अफर ल्याएको छ । सो अफरअन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुटसहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरू आज (सोमबार) देखि सुरु भएको छ ।

असोज ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरूलाई जडान शूल्क (५०० रुपैयाँ) मिनाहा गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी अफरअन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरूका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध हुनेछ ।
फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy (FUP) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन Fair Usage Policy मा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । 
साथै, २५० रुपैयाँमा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेट र ९९ रुपैयाँमा १००० अन-नेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेजसमेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको कम्पनीले जनाएको छ ।
जीएसएम सेवाका प्याकेजहरू असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरूका लागि लागू हुनेछ । आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा 'नेपाल टेलिकम एप' प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

141 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ