पात्रो

रेडियो

समाचार खोजी

अर्थतन्त्रको विकासका लागि कानूनी स्पष्टता जरुरीः गभर्नर

साझा अर्थ संवाददाता २ असोज २०८२, बिहिवार
समाचार सारांश

कानूनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरुले समाचार लेख्ने क्रममा कानूनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ ।  आम नागरिकसँग अन्तरक्रिया गर्नका लागि पत्रकारिता महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै उहाँले सेजनसँगको सहकार्यका लागि केन्द्रीय बैंक तयार रहेको

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रको विकासमा लागि कानूनी स्पष्टता जरुरी रहेको बताउनुभएको छ। बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उहाँले कतिपय अवस्थामा कानूनी स्पष्टता नहुँदा काम गर्न समस्या भएकाले कानूनको भावअनुसारको स्पष्टता हुनु जरुरी भएको उल्लेख गर्नुभयो ।
मुलुकमा पछिल्लो समय उत्पन्न परिस्थितिबाट अगाडि बढ्ने क्रममा आइपर्ने समस्या समाधानका लागि पनि कानूनी स्पष्टता जरुरी रहेको उहाँको भनाई थियो । “कानूनको स्पष्टता सबै क्षेत्रमा आवश्यक पर्छ, विशेष गरी पत्रकारहरुले समाचार लेख्ने क्रममा कानूनको व्याख्या राम्रो नभए भने गलत सन्देश जाने जोखिम हुन्छ, यसमा सबै सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो । आम नागरिकसँग अन्तरक्रिया गर्नका लागि पत्रकारिता महत्वपूर्ण माध्यम हुने उल्लेख गर्दै उहाँले सेजनसँगको सहकार्यका लागि केन्द्रीय बैंक तयार रहेको समेत बताउनुभयो ।
जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि स्रोतको अभाव नहुने समेत उहाँले उल्लेख गर्नुभयो । “पुनःनिर्माणका लागि ठूलो स्रोत आवश्यक छ, यद्यपि त्योभन्दा महत्वपूर्ण विषय सुशासन र प्रशासनिक कार्यक्षमतामा सुधार हो”, उहाँले भन्नुभयो ।
प्रदर्शनका क्रममा निजी क्षेत्रमाथि पनि आक्रमण हुनुले व्यवसायीमा चिन्ता थपिए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अगाडि बढ्नुको विकल्प नभएको उहाँले बताउनुभयो । “प्रदर्शनका क्रममा कैयौँ निजी व्यापारिक भवनमा क्षति पुगेको छ, तर अब हाम्रो प्राथमिकता स्वदेशमा लगानीको वातावरण निर्माण गरी विदेशी लगानी आकर्षित गर्नमा हुनुपर्छ, त्यसैले सुरुमा स्वदेशको लगानीलाई यहीँ रोक्ने वातावरण बनाउन सकियो भने अर्थतन्त्रमा गतिशिल हुन लामो समय लाग्दैन”, गर्भनर पौडेलले भन्नुभयो ।
उहाँले अर्थतन्त्रको विकासका लागि राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण, निजी क्षेत्रको मनोबलमा अभिवृद्धि आवश्यक भएको समेत उल्लेख गरे । साथै व्यवसायी जेगाउनका लागि अर्थतन्त्रको प्रणालीमै सुधार जरुरी रहेको उहाँको भनाइ थियो ।

94 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ