कोरोना बीमाको दायित्व भुक्तानी नगरेको भन्दै भन्दै सरकारविरुद्ध नेपाल बीमक संघलेआइतबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ।
संघले सरकारले कोरोना बीमाको करिब ११ अर्ब ३४ करोड रुपैयाँ दाबी भुक्तानी दिन आलटाल गरेको भन्दै सरकार विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन्।
सर्वोच्च अदालतले उक्त मुद्दा पेसी भदौ २४ गते सोमबार बिहान १० बजे तोकेको छ।
संघले पायोनियर एशोसिएट्सको कानूनी सहायतामा सर्वोच्चमा रिट दायर गरेको बताएको छ ।कोरोना बीमाको पोलिसी ल्याएका निर्जीवन बीमा कम्पनीहरुले आफ्नो तर्फको रकम भुक्तानी गरिसकेका छन्। तर सरकार माताहतको अर्थमन्त्रालयले कोरोना बीमा बापत बिमितहरुलाई ११ अर्ब ३४ करोड रुपैयाँ दिन बाँकी छ।
२०७७ वैशाख ४ गतेबाट शुरु भएको कोरोना बीमा २०७८ असारसम्म सञ्चालनमा थियो। जसमा १७ अर्ब ४४ करोड ४० लाख रुपैयाँ बराबरको दाबी परेको नेपाल बीमा प्राधिकरणले बताएको छ। जसमा सरकारको १ अर्ब रुपैयाँसहित कुल ६ अर्ब १० करोड १५ लाख रुपैयाँ भुक्तानी भएको छ।
साझा अर्थ संवाददाता