पात्रो

रेडियो

समाचार खोजी

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले दियो बधाई

साझा अर्थ संवाददाता १ असोज २०८२, बुधवार
समाचार सारांश

नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्धन गर्ने नीतिगत तथा संरचनात्मक सुधारमा वर्तमान सरकारको साथ र समर्थन रहनेछ भन्ने हामीलाई विश्वास छ । सुशीला कार्कीको नेतृत्वले देशमा अमनचयन कायम गर्दै समावेशी आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाल सरकारको प्रधानमन्त्री पदमा सुशीला कार्की नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
महासंघले प्रधानमन्त्री कार्कीको नेतृत्वमा देशमा लोकतान्त्रिक प्रणालीको सुदृढीकरण, आर्थिक स्थायीत्व, तथा औद्योगिक विकासमा उल्लेखनीय प्रगति हुने विश्वास व्यक्त गरेको छ । विशेषतः घरेलु तथा साना उद्योगहरूलाई प्राथमिकता दिई स्वदेशी उत्पादनको प्रवद्र्धन, उद्यमशीलता अभिबृद्धि र रोजगारी सिर्जना जस्ता विषयहरूमा सकारात्मक कदम चालिने अपेक्षा महासंघले व्यक्त गरेको छ ।
महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा अध्यक्ष उमेश प्रसाद सिँहले भन्नुभएको छ, “नेपालको आर्थिक मेरुदण्डका रूपमा रहेका घरेलु तथा साना उद्योगहरूलाई प्रवद्र्धन गर्ने नीतिगत तथा संरचनात्मक सुधारमा वर्तमान सरकारको साथ र समर्थन रहनेछ भन्ने हामीलाई विश्वास छ । सुशीला कार्कीको नेतृत्वले देशमा अमनचयन कायम गर्दै समावेशी आर्थिक समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।”
महासंघले वर्तमान सरकारलाई आवश्यक परेमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा सुझाव, समन्वय र सहकार्य गर्न तत्पर रहेको समेत उल्लेख गरेको छ ।
यस्तै कोभिडदेखि थलिएका साना तथा घरेलु उद्योगहरुका लागि प्रधानमन्त्री कार्कीको कार्यकालमा विशेष प्याकेज ल्याउने अपेक्षा पनि महासंघले लिएको छ ।

146 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ