पात्रो

रेडियो

समाचार खोजी

बैंकहरुले मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि एलसीको सुविधा पाउने

साझा अर्थ संवाददाता ३१ भदौ २०८२, मङ्गलवार
समाचार सारांश

यसअघि चिनियाँ भूभागबाट आउने वस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवाबाट जाँचपास हुने भएमा मात्रै एलसीको सुविधा दिने व्यवस्था थियो । अहिले राष्ट्र बैंकले मुस्ताङ भन्सारका लागि पनि यो सुविधा दिने व्यवस्था गरेको हो ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । अब बैंक तथा वित्तिय संस्थाहरूले मुस्ताङ नाकाबाट आयात गरिने वस्तुमा पनि एलसीको सुविधा पाउने भएका छन् ।
बैंक तथा वित्तिय संस्थाहरूले चिनियाँ भूभागबाट आएर मुस्ताङको भन्सार कार्यालयबाट जाँचपास तथा आयात हुने वस्तुका लागि पनि प्रतितपत्र (एलसी) खोलिने भएको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबार एकीकृत परिपत्र–२०८१ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्था अनुसार एलसी खोलिसकेको अवस्थामा पनि मुस्ताङ भन्सारबाट जाँचपास गर्न सकिने भएको छ ।
यसअघि चिनियाँ भूभागबाट आउने वस्तु तातोपानी भन्सार, सिन्धुपाल्चोक र रसुवा भन्सार, रसुवाबाट जाँचपास हुने भएमा मात्रै एलसीको सुविधा दिने व्यवस्था थियो । अहिले राष्ट्र बैंकले मुस्ताङ भन्सारका लागि पनि यो सुविधा दिने व्यवस्था गरेको हो ।
‘‘चिनियाँ भूभाग भई ट्रक वा रेलमार्गबाट प्रतीतपत्रमार्फत आयात गर्दा निम्न भन्सार नाकाहरूबाट सामान आयात गर्नु पर्नेछ । क. तातोपानी भन्सार (सिन्धुपाल्चोक), ख. रसुवा भन्सार, (रसुवा) र मुस्ताङ्ग भन्सार (मुस्ताङ्ग),’’ परिपत्रमा भनिएको छ ।
गत असार २३ गते रसुवामा आएको बाढीले रसुवा भन्सार क्षतिग्रस्त बनाएको छ । चीनतर्फको व्यापारमा सोही भन्सार कार्यालय बढी प्रयोग हुन्छ । तर, बाढीले उक्त भन्सार कार्यालय क्षतिग्रस्त गराएपछि चीनतर्फको व्यापार प्रभावित भइरहेको छ । त्यससँग जोडिएका सडक पनि प्रभावित भएका छन् ।
चीनतर्फको वैदेशिक व्यापारलाई सहजीकरण गर्न राष्ट्र बैंकले मुस्ताङ भन्सारबाट जाँचपास गरी आयात गरिने बस्तुमा एलसीको सुविधा दिने व्यवस्था गरेको हो ।

147 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ