पात्रो

रेडियो

समाचार खोजी

सुनको मुल्य बढ्नेक्रम जारी, तोलाको २ लाख १२ हजार पुग्यो

साझा अर्थ संवाददाता २२ भदौ २०८२, आइतवार

काठमाडौं : नेपाली बजारमा आज सुनको मुल्य बढ्नेक्रम जारी रहेको छ । आइतबार सुन तोलामा १६ सयले बढेर नयाँ किर्तिमान कायम भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको १६ सयले बढेर तोलाको २ लाख १२ हजारमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख १० हजार ४ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।  

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २४९० मा कारोबार भएको थियो ।

162 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
100%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ