पात्रो

रेडियो

समाचार खोजी

अगस्तमा ८८ हजारभन्दा बढी पर्यटक भित्रिए, गत वर्षको तुलनामा २२ प्रतिशतले बृद्धि

साझा अर्थ संवाददाता १७ भदौ २०८२, मङ्गलवार
समाचार सारांश

 भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट छ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट पाँच लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।

This summary was generated by AI and has been editorially reviewed.

काठमाडौं । सन् २०२५ को अगस्तमा ८८ हजार ६८० पर्यटक आगमन भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत पर्यटक बृद्धि भएको देखिएको हो ।
बोर्डको तथ्याङ्क अनुसार भारतबाट ३५ हजार ५०५ अर्थात ४० प्रतिशत पर्यटक भित्रिएका छन् भने चीनबाट सात हजार ५३३ अर्थात ८.५, अमेरिकाबाट छ हजार ६८ अर्थात ६.८ प्रतिशत, श्रीलंकाबाट पाँच लाख ९५६ अर्थात ६.७ प्रतिशत र बंगलादेशबाट चार हजार २६२ अर्थात् ४.८ प्रतिशत पर्यटक भित्रिएका छन् ।
सन् २०२५ को जनवरीदेखि अगस्तसम्म आठ महिनाको अवधिमा सात लाद ३६ हजार ५६२ पर्यटक भित्रिएका छन् । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्षेत्रगत रुपमा हेर्दा दक्षिण एसियाली (सार्क) मुलकबाट ४७ हजार १३७ पर्यटक अर्थात ५३ प्रतिशत आगमन भएको देखिन्छ भने एसियाका अन्य मुलुकमा १५ हजार ७७७ अर्थात १७.८ प्रतिशत, युरोपबाट ११ हजार १३२ अर्थात १२.६ प्रतिशत र ओसनियाबाट दुई हजार ४३५ अर्थात २.७ प्रतिशत पर्यटक भित्रिएका छन् ।
त्यसैगरी अमेरिकाबाट सात हजार २९३ अर्थात ८.२ प्रतिशत, मध्यपूर्वबाट ९४४ अर्थात १.१ प्रतिशत, अफ्रिकाबाट ३२२ अर्थात ०.४ प्रतिशत र अन्य मुलुकबाट तीन हजार ६४० अर्थात् ४.१ प्रतिशत पर्यटक आगमन भएको छ । सन् २०२५ को जुलाईमा ७० हजार १९३ पर्यटक भित्रिएका थिए ।
कोरोना महामारीले थला परेको नेपालको पर्यटन क्रमशः पुनरुत्थानको क्रममा रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “भारतबाट एयर इण्डिया एक्सप्रेस थपिँदा पनि भारतबाट आउने पर्यटकको संख्या बृद्धि भएको देखिएको छ । अबको अवधि निरन्तर पर्यटक आगमन बृद्धि हुनेमा आशावादी छौं ।“

280 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ