काठमाडौंः सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सयले घटेको छ । नेपाल सुनचाँदी ब्यावसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावला सुन प्रतितोला १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।आईतबार छापावाला सुन प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्यमा पाँच रुपैयाँ बृद्धी भएको छ । महासंघका अनुसार आज असली चाँदी प्रतितोला २ हजार ३५५ करोबार भइरहेको छ । आइतवार चाँदी २ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।